वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

कलाकार हरिवंश आचार्य र गायक प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्। पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकारद्वय आचार्य र सपुत सम्मानित भएका हुन्।

प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार– २०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार– २०८०’ बाट सम्मान गरेको हो। उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक÷एक लाख राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।

आचार्यले हास्यव्यंग्य र अभिनयका माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुसी छरेको तथा सपुतले गीत र संगीतका माध्यमबाट उत्पीडित समुदाय, जातीय विभेद, अनागरिक भएर बाँच्न बाध्य जनताका आवाज, बिदेसिएका युवाको अवस्था चित्रण गरेर दर्शक÷श्रोताको मन जित्न सफल भएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए।

प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलगायतलाई सम्मान गरिसकेको छ।

प्रतिभा सम्मान अर्पण समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान र वर्ष सर्वोत्कृष्ट शिक्षकलगायत विधामा पनि पुरस्कृत गरेको थियो।

सो अवसरमा सोही विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमबिबिएस, सिए, होटल म्यानेजमेन्टलगायतका लागि छात्रवृत्ति पाउन तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। विद्यार्थीले ‘यो देश मेरो पनि होइन र ?’ गीतमा उत्कृष्ट प्रस्तुति दिएपछि गायक प्रकाश सपुत स्टेजमै उक्लिए अनि केहीबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केही गर्छु भन्नेलाई थप हौसला प्रदान गरेको बताए।

सम्मानित वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केही गर्छु भन्नेलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेको कमी हुँदैन भन्ने आभास दिलाएको बताए। अर्का सम्मानित व्यक्तित्व सपुतले सम्मानले आफूलाई थप नयाँ कार्य गर्नका लागि जिम्मेवारी थपेको महसुस गराएको बताए। सो अवसरमा उनले आफ्ना गीत प्रस्तुत गरी विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरे।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको बताए। उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि पुरस्कार प्रदान गर्ने गरेको बताए।

प्रतिभा माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

प्रतिभा माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

पोखरा । प्रतिभा मावि पोखराले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ ।

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका प्राचार्य किरण सापकोटा सहित विद्यालय ंसञ्चालक, शिक्षकले संयुक्त रुपमा विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् ।

विद्यालयले यो वर्ष विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फूड फेस्टिबल तथा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो । ती शैक्षिक गतिविधि र खेलकुद प्रतियोगितामा उत्कृष्ट र सहभागी भएका विद्यार्थीलाई एकैसाथ पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्राचार्य किरण सापकोटाले विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गराउन वर्षेनी नियमित शैक्षिक र खेलकुदका कार्यक्रम गर्दै आएको बताए । उनले आगामी वर्ष पनि यस्तै गतिविधिले निरन्तरता पाउने जानकारी पनि दिए ।

विद्यालयमा यो पटक बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, चेस सहितका खेल, विद्याथीबाट विभिन्न समूह बनाएर आन्तरिक रुपमा प्रतिष्पर्धा भएको छ । त्यस्तै गणित क्विज, वक्तृत्वकला लगायतका प्रतिष्पर्धा पनि आयोजना गरिएको थियो ।

प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटले विद्यालय शिक्षामा संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए । उनले संस्थागत विद्यालयले तारिफयोग्य योगदान दिएकै कारणले शैक्षिक क्षेत्रको प्रगति भएको पनि बताए । वर्षभरी बिद्यालयभित्र विभिन्न शैक्षिक तथा खेलकुदका गतिविधि गरेर विद्यार्थीमा लुकेको क्षमता बाहिर ल्याउन संस्थागत विद्यालयको भूमिका रहेको उनको भनाई छ ।

‘विद्यार्थीमा अन्तरनिहित खुबी पहिचान गर्न यस्ता गतिविधिले सघाउँछ,’ देवकोटाले भने, ‘विद्यार्थीलाई किताबको कोर्ष पढाएर मात्र हुदैन अरु शैक्षिक गतिविधि गरेर उनीहरुमा लुकेको क्षमता बाहिर ल्याउनुपर्छ ।’ उनले समुदायमा शिक्षाको पहुँच पुगेको तर अब गुणस्तर कायम गर्नु जरुरी रहेको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले वार्षिक रुपमा क्यालेन्डर नै बनाएर विभिन्न गतिविधि गर्दै आएको बताए । ‘विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर ती प्रतिष्पर्धालाई बनाएका थिए । विद्यार्थीका ती योजना, रचना र सिर्जना निकै नै चाखलाग्दा थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रम गरेर विद्यार्थीको क्षमता बाहिर ल्याउने प्रयास हुनेछ,’ उनले भने ।

अध्यक्ष पौडेलका अनुसार विज्ञान प्रदर्शनी, विजनेस प्लान प्रेजेन्टसन र फूड फेस्टिबलमार्फत विद्यार्थीले क्षमता देखाएका थिए ।

प्रतिभाले जित्यो पोखरा कप क्रिकेटको उपाधि

प्रतिभाले जित्यो पोखरा कप क्रिकेटको उपाधि

एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।

बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो ।

पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइलनमा प्रतिभासँग स्तब्ध अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सफल भयो ।

अमरसिंहका कल्याण कुमालले सर्वाधिक ३१ रन बनाए । विवश रानाभाटले २७, कल्यान कुमालले ३१, बिमोचन सापकोटाले २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।

बलिङमा प्रतिभाका सन्देश गिरी, निश्चल श्रेष्ठ, कुशल अधिकारी र सत्कार अधिकारीले १/१ एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

प्रतिभाका लागि बब्लु शाहले अर्धशतक प्रहार गरे । उनले ५३ बलमा ५२ रन बनाएर आउट भए ।

राहुल शर्माले २०, रोशन पौडेलले १६, रोहन चन्दले १९ र निश्चल श्रेष्ठले २० रनको योगदान दिए ।

बलिङतर्फ अमरसिंहका रिजन गिरीले २ र कृतज्ञ अधिकारीले १ विकेट लिए । प्रतिभाका बब्लु शाह फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

अमरसिंहका सुमन पन्त प्लेयर अफ द सिरिज बने । उनले ७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।

सगरमाथा माध्यमिक विद्यालयका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याटर र गण्डकी बोर्डिङ स्कुलका समीर पौडेल उत्कृष्ट बलर बने । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, आयोजक संस्था बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पुरस्कार प्रदान गरे ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजनमा फागुन ९ गतेदेखि सुरु प्रतियोगितामा पोखरामा १२ विद्यालय सहभागी भएका थिए ।

प्रतिभामा उत्प्रेरणा कार्यक्रम

प्रतिभामा उत्प्रेरणा कार्यक्रम

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा १०मा अध्ययनरत विद्यार्थीहरू र अभिभावकहरूसहितको उत्पे्ररणात्क कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको पढाइको सँगसंगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ख्यातिप्राप्त मोटिभेसन स्पिकर डा.रविन कटुवालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा कटुवालले पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली बस्तु भनेको ज्ञान वा शिक्षा रहेको बताए । आफ्ना कुनैपनि छोराछोरी शिक्षित, संस्कारी र बौद्धिक भएनन् भने छोराछोरीमात्र नभइ बाबुआमाले पनि दुःख पाउने कुरा राख्दै शिक्षा त्यस्तो शक्तिशाली हतियार हो कि त्यो हतियार बलियो छ भने सबै व्यक्तिका अवगुणहरू गुणमा नै बदलिने कुरा बताए ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक प्रिन्सिपल किरण सापकोटाले छोराछोरीले बाबाआमाको आँखामा हेरेर उहाँहरुले देखेको सपना पछ्याउनुपर्ने बताए । कति दिनरात ननिदाउने हुन् हरेक क्षण मिहेनत गर्दा खेरी वा संघर्ष गर्दा मिहेनत र संर्घषबाट

कति आनन्दित हुने हुन् त्यो हेर्न बाँकी रहेको बताउँदै जुन कमजोर विद्यार्थीले अबका बाँकी दिनहरूमा आफ्नो पढाइमा बढी स्तरोन्नति गर्छ त्यस विद्यार्थीलाई पनि एस ई ई प्रथम सहर नै अवार्ड दिने बताए ।

विद्यालयका सह–प्राचार्य प्रदीप खनालले सञ्चालन गरेको कार्यक्रमा कक्षा दशको तेस्रौ त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरणसमेत भएको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’ सम्पन्न

‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’ सम्पन्न

पोखरा स्पोर्टस । पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।

शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको हो । दिवासत्रको व्यस्थापन समूहको १२ कक्षा दोश्रो भएको छ । आशिष विक म्यान अफ दी म्याच बने ।

प्रतियोगितामा आशिष विक बेस्ट बलर बने । ९१ रन लिएका राहुल शर्मा बेस्ट ब्याटर बने । रोहन चन्द बेस्ट फिल्डर बनेका छन् । प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा भएको थियो । १० ओभरमा खेलाईएको प्रतियोगितामा विजयी टिमलाई विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा लगायतले शिल्ड र मेडल प्रदान गरेका थिए ।

प्राचार्य सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह थिए । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा भएको थियो । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर प्रतियोगितामा खेलाइएको थियो ।

युवापुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेकोले विद्यालयले टुर्नामेन्ट आयोजना गरेको सापकोटाले बताए । विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने प्राचार्य सापकोटाले बताए । संचालक समितिका अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिश्पर्धा आवश्यक रहेको बताए ।

sdtoto sdtoto agen togel online masuk toto akun toto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel 888 bo togel game toto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel sdtoto slot sdtoto login toto slot sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto login sdtoto sdtoto sdtoto sdtoto sdtoto daftar toto slot 88 sdtoto sdtoto sdtoto sdtoto sdtoto daftar sdtoto slot sdtoto sdtoto sdtoto sdtoto sd toto sdtoto sdtoto sdtoto login sdtoto login toto slot88 sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel sd toto sd toto togel 4d login prediksi sdtoto 5 bandar togel terpercaya sdtoto sdtoto daftar sdtoto sdtoto login sd toto sdtoto login togel 4d login sdtoto daftar sdtoto sdtoto live draw toto asia toto slot777 sdtoto link slot 4d terbaru sdtoto sdtoto login rtp sdtoto sdtoto sdtoto daftar situs agen togel sd toto sdtoto 10 situs slot gacor sdtoto slot live draw macau4d sdtoto game toto sdtoto sdtoto game toto slot akun toto sdtoto slot rtp sdtoto sdtoto sdtoto bo togel terpercaya sdtoto 5 bandar togel terpercaya sdtoto sdtoto sdtoto sdtoto slot sd toto toto5000 sdtoto sdtoto sdtoto sdtoto login sdtoto sdtoto daftar sdtoto prediksi sdtoto sdtoto sdtoto sdtoto toto slot88 login sdtoto sdtoto sdtoto sdtoto sdtoto login sdtoto daftar sdtoto daftar sdtoto daftar prediksi sdtoto sdtoto login sdtoto prediksi sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto login sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto daftar prediksi sdtoto sdtoto