पोखरा स्पोर्टस । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत प्रतिभा माविले दोहोरो उपाधि जितेको छ । पोखरा रंगशालामा तिन देखि जारी प्रतियोगिता अन्तर्गत छात्र/छात्रा बास्केटबलमा प्रतिभाले दुबै तर्फ जित हासिल गरेको हो । सम्पन्न छात्रतर्फको फाइनलमा माउन्ट अन्नपूर्ण माविलाई ६५–५९ को स्कोरले पराजित गरि उपाधि जित्दा छात्रातर्फ ग्लोबल कलेजियटलाई ४०–१८ को स्कोरले पराजित गरि दोहोरो उपाधि जितेको हो । त्यसै गरि छात्र–छात्रा भलिबल तर्फ गुरुकुलले दोहोरो उपाधि हात पारेको छ ।

त्यस्तै छात्र बास्केटबलमा मनकामनाले मेरिगोल्डलाई ५०–४० को स्कोरले जित्दै तेश्रो स्थान प्राप्त गरेको छ भने माउन्ट अन्नपूर्ण माविलाई २२–६ को स्कोरले पराजित मेरीगोल्ड तेश्रो स्थान हासिल गरेको छ । छात्र बास्केटबलमा प्रतिभाका केशव पुन उत्कृष्ट खेलाडी तथा माउन्ट अन्नपूर्णका अनिल पुन हाइस्कोरर घोषित भए भने छात्रातर्फ प्रतिभाकी स्वेच्छा थापा उत्कृट खेलाडी एवं हाइस्कोरर सोही विद्यालयकी मन्दिता गुरुङ भएकी छन् ।

यसै गरि बुधबार सम्पन्न छात्र भलिबलतर्फ गुरुकुल माविले उपाधि जितेको छ । फाइनल खेलमा गुरुकुल माविले स्पाइरललाई २३–२५, २५–१७, २५–२० ले पराजित गरेको थियो । छात्रतर्फ तेश्रो स्थानको लागि भएको खेलमा करुणानिधी मावीले पश्चिमाञ्चललाई २५–१३, २३–२५, २५–१५ ले पराजित गरेको छ । यसै गरि छात्रातर्फ गुरुकुलले प्रतिभालाई २५–१८, २५–१० को सोझो सेटमा पराजित गरि उपाधि जित्दा केफ मावीले स्टेप वाई स्टेपलाई २५–११, २५–८ ले जित्दै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।

छात्रा भलिवलमा गुरुकुलकी सुष्मिता श्रीपाली उत्कृष्ट खेलाडी तथा प्रतिभाकी अञ्जली किशान उत्कृष्ट स्पाइकर बन्न सफल भइन् । त्यस्तै छात्रतर्फ गुरुकुलका सुदिप सुनार उत्कृष्ट खेलाडी एवं स्पाइरल ग्यालेक्सीका हिमाल मगर उत्कृष्ट स्पाइकर घोषित भए ।

त्यस्तै टेबुल टेनिसतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको छ भने समान अंक प्राप्त गरि स्टेपवाई स्टेप वाई स्टेप र ग्लोबल दोश्रो भएका छन् । टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् । छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

त्यस्तै टेबुल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् । त्यस्तै छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडि पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

प्रतियोगिता यहि पौष २५ गतेबाट सुरु भएको स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिसका खेलहरुलाई प्राथमिकताका आधारमा सञ्चालन गरिएको स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले शिक्षा र खेलकुदलाई संग–संगै लैजान सके राष्ट्रको गौरव बढाउने गरि खेलाडी उत्पादन हुन सक्ने बताइन् । उनले यूवाहरुलाई अध्ययन संगै खेललाई अघि बढाउन आग्रह गर्दै राष्ट्र प्रतिको जिम्मेवारी बोध हुने गरि आफूलाई स्थापित गर्नुपर्ने उनको भनाई थियो ।

यसै गरि विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष विर बहादुर बुढाथोकी, प्याब्सन कास्कीका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्मा, वरिष्ठ सल्लाहकार दिनेश श्रेष्ठ, प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेलगायतले समेत ट्रफी र मेडल वितरण गरेका थिए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याब्सन कास्कीका सचिव पूष्पराज पराजुली समेत आफ्ना भनाई राखेका थिए ।

sdtoto sdtoto agen togel online masuk toto akun toto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel 888 bo togel game toto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel sdtoto slot sdtoto login toto slot sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto login sdtoto sdtoto sdtoto sdtoto sdtoto daftar toto slot 88 sdtoto sdtoto sdtoto sdtoto sdtoto daftar sdtoto slot sdtoto sdtoto sdtoto sdtoto sd toto sdtoto sdtoto sdtoto login sdtoto login toto slot88 sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto sdtoto togel sd toto sd toto togel 4d login prediksi sdtoto 5 bandar togel terpercaya sdtoto sdtoto daftar sdtoto sdtoto login sd toto sdtoto login togel 4d login sdtoto daftar sdtoto sdtoto live draw toto asia toto slot777 sdtoto link slot 4d terbaru sdtoto sdtoto login rtp sdtoto sdtoto sdtoto daftar situs agen togel sd toto sdtoto 10 situs slot gacor sdtoto slot live draw macau4d sdtoto game toto sdtoto sdtoto game toto slot