पोखरा। कास्की प्याब्सनद्वारा आयोजित १७ औँ प्याब्सन स्पोर्ट्स मिट २०७९ मा प्रतिभा माविले दोहोरो उपाधि जितेको छ। कक्षा ११ र १२ काे बास्केटबलतर्फ छात्र र छात्रा तर्फ नै प्रतिभाले उपाधि जितेको हो।
यस्तै, भलिबलमा पनि छात्रातर्फ प्रतिभाले दोस्रो स्थान हासिल गरेको छ । भने, एथलेटिक्समा १५०० मिटर दाैडमा छात्रतर्फ हुम बहादुर अधिकारी दोस्रो, ८०० मिटर दौडमा छात्रातर्फ एरिना पुर्जा तृतिय, १०० मिटर छात्रातर्फ युविका बज्राचार्य प्रथम, २०० मिटर छात्रतर्फ मनिष तिलिजा पुन दोस्रो र ४०० मिटर छात्रतर्फ निशान्त पोखरेल प्रथम भएका छन्।
यसबाहेक बास्केटबलतर्फ निशान पुन र विद्या गुरुङ बेस्ट प्लेयर घोषित भएका छन् भने, बास्केटबल हाईस्कोरर एरिना पुर्जा घोषित भएकी छन्।
समग्र एथलेटिक्समा प्रतिभाले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ।