मेधावी छात्रा शुरती पाण्डे जिपिए ३.९२ सहित देशभरमै सर्वोत्कृष्ट विद्यार्थी

मेधावी छात्रा शुरती पाण्डे जिपिए ३.९२ सहित देशभरमै सर्वोत्कृष्ट विद्यार्थी

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ मा सञ्चालित कक्षा १२ को परीक्षामा यस प्रतिभा मा.वि.का मेधावी छात्रा शुरती पाण्डे जिपिए ३.९२ सहित देशभरमै सर्वोत्कृष्ट विद्यार्थी हुन सफल भएकामा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
विगतका वर्षहरूमा झै यस वर्षको नतिजाले विद्यालयको शैक्षिक
सर्वोत्कृष्टतालाई निरन्तरता दिएकोमा हामी गौरवान्वित छौँ । यस अवसरमा
उत्कृष्ट जिपिए सहित समुत्तीर्ण विज्ञान तथा व्यवस्थापन समूहका सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई ज्ञापनका साथै उत्तरोत्तर शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । यस सुखद् क्षणमा प्रतिभा माध्यमिक विद्यालय सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी मित्रहरू र समस्त
शुभेच्छुक महानुभावहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

अक्सिजन प्लान्ट निर्माणका लागि पच्चिस लाख आर्थिक सहयोग

अक्सिजन प्लान्ट निर्माणका लागि पच्चिस लाख आर्थिक सहयोग

प्रतिभा माध्यमिक विद्यालय, पोखराका
अध्यक्ष आदरणीय श्री नारायण पौडेलज्यूले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा अक्सिजन प्लान्ट निर्माणका लागि
रू. २५,००,०००/– (अक्षरेपि पच्चिस लाखरुपैयाँ) आर्थिक सहयोग गर्नु भएकोमा विद्यालय परिवार गौरवान्वित छौँ ।
यस प्रकारको उत्कृष्ट मानवीय सेवाभावका साथ यस पुनित अभियानका अभियन्ताज्यूहरूलाई हार्दिक सम्मान व्यक्त गर्दछौँ ।